ट्विटर किन्ने रकम जोहो गर्दै एलन मस्क

नेपालभ्युज

ट्विटर किन्ने रकम जोहो गर्दै एलन मस्क

काठमाडौं । विद्युतीय कार निर्माता टेस्लाका संस्थापक एलन मस्कले ६.८८ बिलियन अमेरिकी डलर बराबरको सेयर बिक्री गरेका छन् । उनले ७.९२ मिलियन कित्ता सेयर बिक्री गरेका हुन् ।

मस्कले गत हप्ता बसेको लगानीकर्ताहरूको वार्षिक बैठकपछि सेयर बिक्री गरेको बताइएको छ । सेयर बिक्रीका क्रममा मस्कले आफूलाई रकम चाहिएको जनाएको बीबीसीले जनाएको छ ।

मस्कले ४४ बिलियन डलरमा ट्विटर किन्ने घोषणा गरेपछि उक्त रकम जोहो गर्ने क्रममा छन् । मस्क यतिबेला ट्विटर खरिद प्रक्रियाको कानुनी चरणमा छन् । सोहीकारण, उनले ५, ८ र ९ अगस्टमा उक्त सेयर बिक्री गरेको अमेरिकी सेक्युरिटी एन्ड एक्सचेन्ज कमिसनले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved