चेक बाउन्सको आरोपमा बाँसघारीबाट महिला पक्राउ

नेपालभ्युज

चेक बाउन्सको आरोपमा बाँसघारीबाट महिला पक्राउ

काठमाडौं । कास्कीमा बैंकिङ कसुरको आरोपमा एक महिला पक्राउ परेकी छन् । बागलुङको ताराखोला गाउँपालिका–१ घर भई पोखरा महानगरपालिका–२, मिरुवा बस्दै आएकी २७ वर्षीया दीक्षा पुनलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीविरुद्ध आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको अवस्थामा तीन लाखको चेक दिई चेक बाउन्स भएको आरोप छ । उक्त आरोपमा गएको शनिबार दिउँसो प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–८, विरेठाँटीस्थित निगालो घारीमा लुकीछिपी बसेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी गराएको छ ।

प्रहरीले उनीविरुद्ध उच्च अदालत पोखराबाट बैंकिङ कसुर मुद्दामा सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान गरिरहेको छ ।

ती महिलाले विभिन्न व्यक्तिहरूलाई यूके पठाइदिने भन्दै रकम लिई ठगी गरेको भन्ने सूचना आएकाले त्यसबारेमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । त्यस्ता पीडित व्यक्तिहरूलाई प्रमाणसहित कास्की प्रहरीमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved