निर्मला पन्त प्रकरणका आरोपित दिलीपले विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोप

‘‘निर्मला मृत भेटिएको क्षेत्रमा पर्ने भगतपुर ब्यारेक–उल्टाखाम सडक खण्ड भएर आवतजावत गर्ने किशोरी र युवतीलाई जिस्काएको भन्ने गुनासो आएको छ। के रहेछ भन्ने बारेमा हामीले अनुसन्धान गरिरहेका छौँ।’’

नेपालभ्युज

निर्मला पन्त प्रकरणका आरोपित दिलीपले विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोप

काठमाडौं। कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेर निर्दोष भन्दै छुटेका व्यक्तिविरुद्ध दुर्व्यवहारको उजुरी परेको छ। शारीरिक रूपमा कमजोर र सेक्सप्रति ध्यानै नदिने निर्दोषलाई फसाउन खोजेको भन्दै आन्दोलन गरेर स्थानीयले छुटाउन दबाब दिएका स्थानीय दिलीपसिंह विष्टविरुद्ध उजुरी परेको हो।

उनी चार वर्षअघि निर्मला हत्या प्रकरणको समयमा पक्राउ परेर छुटेका थिए। कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का तिनै दिलिपसिंह विष्टले युवतीहरूलाई दुर्व्यवहार गरेको भन्दै प्रहरी कार्यालयमा उजुरी परेको हो। दिलीपलाई निर्मला हत्याको केही सातापछि प्रहरीले समातेर अभियुक्तका रूपमा सार्वजनिक गरेको थियो। स्थानीयले उनी निर्दोष भन्दै नाराबाजी गरेका थिए। पछि डिएनए टेस्ट गर्दा समेत नमिलेको भन्दै छाडिएको थियो।

उनै दिलीपले बाटोमा हिँड्ने किशोरी तथा युवतीलाई जिस्काउन थालेको गुनासो आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामसिंह चौधरीले बताए।

निर्मलाको हत्या भएको क्षेत्र आसपासमै विद्यार्थीहरूलाई जिस्काउने गरेको विद्यार्थीले बताएका एसपी श्यामसिंह चौधरीको भनाइ छ। उनले भने, ‘‘निर्मला मृत भेटिएको क्षेत्रमा पर्ने भगतपुर ब्यारेक–उल्टाखाम सडक खण्ड भएर आवतजावत गर्ने किशोरी र युवतीलाई जिस्काएको भन्ने गुनासो आएको छ। के रहेछ भन्ने बारेमा हामीले अनुसन्धान गरिरहेका छौँ।’’

दिलीपसिंह विष्टले जिस्कायो भनेर विद्यार्थी तथा युवतीका अभिभावकहरू समेत प्रहरी कार्यालय आएका एसपी चौधरीले बताए। दिलीपसिंह विष्टले आफ्ना छोरीहरू जिस्काउन थालेपछि अभिभावक समेत त्रसित भएका स्थानीय बताउँछन्। विद्यार्थी तथा किशोरीहरूले असुरक्षा महसुस गर्न थालेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved