सरकारले तोकेकै समयमा चुनाव गराउन तयार छौँ- निर्वाचन आयोग

चुनावी तयारीको लागि आयोगले न्यूनतम १सय २० दिन माग गरेको थियो। तर सरकारले १ सय ८ दिनपछिको लागि मिति घोषणा गरेको छ। आफूहरूले मागेभन्दा १२ दिन कम समय भए पनि चुनाव समयमै सम्पन्न गर्न तयार रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

नेपालभ्युज

सरकारले तोकेकै समयमा चुनाव गराउन तयार छौँ- निर्वाचन आयोग

काठमाडौं। सरकारले तोकेको मितिमै चुनाव गराउन आफूहरू तयार रहेको निर्वाचन आयोगले जनाएको छ। बिहीबार सरकारले ४ मंसीर गते संघ र प्रदेशको एकसाथ चुनाव गर्ने मिति घोषणा गरेपछि आयोगले सो समयमा चुनाव गराउनको लागि तयारी हालतका रहेको बताएको हो।

चुनावी तयारीको लागि आयोगले न्यूनतम १सय २० दिन माग गरेको थियो। तर सरकारले १ सय ८ दिनपछिको लागि मिति घोषणा गरेको छ। आफूहरूले मागेभन्दा १२ दिन कम समय भए पनि चुनाव समयमै सम्पन्न गर्न तयार रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

उनले भने, ‘‘हामीलाई औपचारिक निर्णय आउन बाँकी छ। तर हाले सुनेका छौँ कि हामीले महिना दिनअघि भेटेर सुझाव दिएकै मितिमा चुनावको मिति घोषणा भएको छ भन्ने। ढिलो गरी मिति घोषणा भए पनि हामी त्यो समयमा चुनाव गराउन तयार छौँ।’’ यसअघि स्थानीय तह चुनावको समयमा पनि आयोगले १ सय २० दिनभन्दा कम समय पाएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved