कोसी र नारायणी आसपासको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

कोसी र नारायणी नदीको जलसतह केही घट्ने रहेता पनि सतर्कता तह आसपास नै रहने पूर्वानुमान रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको महाशाखाले जनाएको छ।

नेपालभ्युज

कोसी र नारायणी आसपासको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं। बाढी पूर्वानुमान महाशाखाले आज र भोलि कोसी र नारायणी आसपासको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ। कोसी र नारायणी नदीको जलसतह केही घट्ने रहेता पनि सतर्कता तह आसपास नै रहने पूर्वानुमान रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार केही स–साना नदीहरूमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान छ। दुई महिनायता पश्चिम धार कटान गर्दै आएको सप्तकोसीको बाढी हिजो उदयपुरको बेलका नगरपालिका–८ डुम्रिबोटेबाट तल्लो तटीय क्षेत्र पसेको छ । पहाडी क्षेत्रमा लगातारको वर्षासँगै कोसीमा आएको बाढीले कटान तीव्र भइरहेको हो।

बुधबार बिहान सप्तकोसी नदीको एउटा भँगालो उदयपुरको बेलका नगरपालिकाको डुम्रीबोटबाट तटबन्ध फुटाउँदै दक्षिण पश्चिम क्षेत्र पस्दा बेलका नगरपालिकाका १, २, ३, ८ र ९ वडाका झन्डै १५ सय घरपरिवार प्रभावित भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved