निवर्तमान अर्थमन्त्री शर्माले पाए सफाइ

प्रतिनिधिसभामा शुक्रबार छानबिन समितिको प्रतिवेदन पेश गर्दै सभापति लक्ष्मणलाल कर्णले प्राप्त तथ्य, प्रमाण र कागजातको विश्लेषण गर्दा शर्मामाथि आरोप पुष्टि हुने प्रमाण फेला नपरेको बताए। छानबिनका क्रममा समितिले ७५ घण्टा खर्चिएको कर्णले जानकारी दिए।

नेपालभ्युज

निवर्तमान अर्थमन्त्री शर्माले पाए सफाइ

काठमाडौं। निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश भएको सन्दर्भमा लागेको आरोपमा सफाइ पाएका छन्। संसदीय विशेष छानबिन समितिले १७ दिनको अनुसन्धानका क्रममा शर्माविरुद्ध कुनै प्रमाण नभेटिएको बताएपछि उनले सफाइ पाएका हुन् ।

प्रतिनिधिसभामा शुक्रबार छानबिन समितिको प्रतिवेदन पेश गर्दै सभापति लक्ष्मणलाल कर्णले प्राप्त तथ्य, प्रमाण र कागजातको विश्लेषण गर्दा शर्मामाथि आरोप पुष्टि हुने प्रमाण फेला नपरेको बताए। छानबिनका क्रममा समितिले ७५ घण्टा खर्चिएको कर्णले जानकारी दिए।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश सम्बन्धमा एमालेका माग बमोजिम समिति गठन भएको थियो। करका दर हेरफेर गरेको भनिएको आरोपमा समितिले १७ दिन लगाएर छानबिन गरेको थियो।

बजेटको अघिल्लो राति १४ जेठमा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश भए–नभएको छानबिन गर्न प्रतिनिधिसभाले २२ असारमा समिति गठन गरेको थियो। जसको समयावधि बिहीबार सकिएको थियो।

यहाँ क्लिक गर्नुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved