नेवारी समुदायमा पवित्र महिना ‘गुँला पर्व’ सुरु

नेपालभ्युज

नेवारी समुदायमा पवित्र महिना ‘गुँला पर्व’ सुरु

काठमाडौं।  नेवार समुदायभित्रका बौद्ध धर्मावलम्बीको पवित्र महिना ‘गुँला पर्व’ सुरु भएको छ । बौद्ध धर्मावलम्बीहरू एक महिनासम्म बिहान विभिन्न तीर्थस्थलमा जाने चलन छ ।

विशेष गरेर काठमाडौंको स्वयम्भूमा भिड लाग्ने गर्दछ । स्वयम्भूमा बिहानैदेखि दर्शनार्थीको भिड छ । काठमाडौं‌ भित्री टोलका शाक्य, बज्राचार्य, सायमी, उदाय र महर्जन समुदायका गुँला बाजा समूह दिनहुँ बाजागाजासहित स्वयम्भू परिक्रमा गर्ने चलन छ ।

गुँला महिनामा स्वयम्भूमा उपत्यकाबाट मात्र नभएर उपत्यका बाहिरबाट एक महिनासम्म दिनहुँ हजारौँ भक्तजन आउने गर्दछन् ।

यसैबीच, ललितपुरमा आजदेखि ब्वगी जाने भनेर मतया: को रुट निरीक्षण गर्न जान सुरु भएको छ । हरेक वर्ष स्थानीय बासिन्दा आजका दिनदेखि नै मतया:को रुट निरीक्षण गर्न जाने गर्दछन् ।

ब्वगी यसपालिको मतयाःको पाली लिएको टोल कोबहालबाट गएरातिदेखि सुरु भएको हो । मतया:को रुट नसकिउन्जेल हरेक बिहान बाजागाजासहित ब्वगी जाने चलन छ । यसपालिको मतया: यही साउन २८ गते शनिबार परेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved