जनार्दन शर्मामाथिको छानबिन प्रकरण

सीसीटीभी फुटेजबारे प्रहरीले दिएको प्रतिवेदन संसदीय विशेष समितिमा खोलियो, विज्ञसँग थप जानकारी लिने

नेपालभ्युज

सीसीटीभी फुटेजबारे प्रहरीले दिएको प्रतिवेदन संसदीय विशेष समितिमा खोलियो, विज्ञसँग थप जानकारी लिने

काठमाडौं । बजेट निर्माणका बेला अनधिकृत मानिसलाई अर्थ मन्त्रालयमा प्रवेश दिईएको आरोपबारे छानबिन गर्न गठित संसदीय समितिले सीसीटीभी फुटेजबारे विज्ञसँग थप सल्लाह गर्ने भएको छ ।

नेपाली प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाका विज्ञबाटै अर्थमन्त्रालयले उपलब्ध गराएको सीसीटीभी फुटेजबारेको प्रतिवेदनबारे जानकारी लिने समितिले निर्णय गरेको छ । यसअघि प्रहरीले सीसीटीभी फुटेजबारेको सिलबन्द प्रतिवेदन दिएको थियो ।

मंगलबार बिहान बसेको बैठकमा प्रहरीले बुझाएको प्रतिवेदन खोलिए पनि त्यसको विश्लेषण भने विज्ञबाटै गर्नुपर्ने निष्कर्ष निकालिएको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए । बैठक मंगलबार अपरान्ह ४ बजे फेरी बोलाइएको छ ।  प्रहरीको प्रयोगशालका विज्ञबाट थप जानकारी लिएपछि मात्रै विस्तृत विवरण सार्वजनिक गरिने अर्यालले बताएका छन् ।

समितिले अर्थ मन्त्रालयबाट सीसीटीभी फुटेज मागे पनि जेठ १४ को फुटेज नपाएपछि ‘रिकभर’का लागि प्रहरीको फरेन्सिक ल्याबमा पठाएको थियो । फुटेज रिकभर भए /नभएकोबारे समेत खुलाईएको छैन ।

बजेट निर्माणमा करको दर हेरफेर गर्न अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको आरोप लागेपछि छानबिनका लागि संसदीय विशेष समिति गठन गरिएको हो । तर यस विषयमा समितिले अहिलेसम्म कुनै प्रमाण फेला पार्न सकेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved