नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल

नेपालभ्युज

नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल
काठमाडौं। नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी भएका छन्। अध्यक्षका अर्का प्रत्याशी अनिता बिन्दूलाई पराजित गर्दै लम्साल अध्यक्ष पदमा विजयी भएका हुन्।
नेपाली कांग्रेस निकट पत्रकारहरूको संगठन नेपाल प्रेस युनियनको नवनिर्वाचित अध्यक्ष लम्साल संस्थापन इतर पक्षका हुन्। लम्सालले शेखर–गगन समूहको तर्फबाट उम्मेदवारी दिएका थिए।
त्यस्तै महासचिवमा लम्साल प्यानलकै दिलीप पौडेल निर्वाचित हुँदा वरिष्ठ उपाध्यक्षमा पनि लम्साल प्यानलकै प्रेम केसी निर्वाचित भएका छन्।
अध्यक्षसँगै प्रेस युनियनको अधिकांश पदमा पनि लम्साल प्यानलका उम्मेदवारहरू विजयी भएका छन्।
नेपाल प्रेस युनियन नेपाली कांग्रेस निकट पत्रकारहरूको संगठन हो।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved