बजेट प्रकरण

संसदीय समितिलाई बयान दिन जनार्दन शर्मा सिंहदरबारमा

नेपालभ्युज

संसदीय समितिलाई बयान दिन जनार्दन शर्मा सिंहदरबारमा

काठमाडौं। प्रतिनिधिसभाको विशेष छानबिन समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग बयान लिन थालेको छ । बिहान ८ बजे शर्मालाई बयानका लागि बोलाइए पनि उनी केही ढिलो पुगेका हुन् । बयान केही समय चल्ने जनाइएको छ।

समितिका ११ जना नै सदस्यहरू नै बैठकमा उपस्थित भएका छन् ।

समितिले बुधबार पूर्व अर्थ सचिव रामेश्वर खनाल, शान्तराज सुवेदी र शिशिर ढुङ्गानासँग छलफल गरेका थिए । यसअघि समितिले अर्थ सचिव र राजश्व सचिवसँग बयान लिइसकेको छ। दुवैले आरोप अस्वीकार गरेका छन् ।

बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति बोलाएर करको दर हेरफेरको आरोप लागेपछि सभामुख सापकोटाले असार २२ गते ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन गरेका थिए ।

त्यसै दिन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । समितिलाई काम सुरु गरेको मितिबाट १० दिनको समय तोकिएको थियो । असार २८ गते काम सुरु गरेको समितिको कार्यकाल बिहीबार सकिँदै छ । म्याद थपको लागि पनि समितिले सभामुखसँग भेट्दैछ।

हालसम्म समितिले अर्थमन्त्रालय पुगेर घटनाको बारेमा जानकारी लिएको थियो। समितिले अर्थ मन्त्रालयमा प्राप्त सीसीटीभी फुटेज रिकभरीका लागि नेपाल प्रहरीको फरेन्सिक ल्याबमा पठाएको छ ।

त्यसैगरी बजेट निर्माण कार्यमा संलग्न रहेका अर्थमन्त्रालयका अधिकारीहरूसँग जेठ १४ गतेको घटनाको बारेमा जानकारी लिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved