एआईजी पोखरेलले दिए राजीनामा

एआईजी विश्वराज पोखरेलले राजीनामा दिएका छन्।

नेपालभ्युज

एआईजी पोखरेलले दिए राजीनामा

काठमाडौं। एआईजी विश्वराज पोखरेलले राजीनामा दिएका छन्।

सोमबार प्रहरी प्रधान कार्यालय नक्साल पुगेर उनले राजीनामा पत्र बुझाएका हुन्।

महानिरीक्षक पदमा नियुक्ति गरीपाउँ भनि सर्वोच्च अदालतमा उनले दिएको रिट शुक्रबार खारेज भएको थियो।

१८ वैशाखमा मन्त्रिपरिषद्ले जेष्ठता मिचेर धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए। ३१ असारमा सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले मुद्दा खारेज गर्ने फैसला गरेको दुई दिनपछि उनले राजीनामा दिएका हुन्।

उनको राजीनामा स्वीकृत हुन भने बाँकी छ। राजीनामा पत्र मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि मात्रै लागू हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved