कमैया, हलिया श्रमिक राख्नेलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

नेपालभ्युज

कमैया, हलिया श्रमिक राख्नेलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले मुक्त कमैया, कमलरी, हरवा, चरुवा र हलिया श्रमिक राख्नेलाई कारबाही गर्न निर्देशन दिएका छन्।

कमैया मुक्ति घोषणाको २२ वर्ष पुगेको अवसरमा बालुवाटारमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले कसैले पनि कमैया, हरवाचरुवा वा बँधुवा श्रमिक राख्न नपाउने भन्दै राखेमा कारबाही गर्न निर्देशन दिएका हुन्।

त्यस्तै उनले कमैया श्रम निषेध गर्ने सम्बन्धी ऐनलाई कडाइपूर्वक लागू गर्न र समस्या पहिचान र समाधानका उपाय खोज्न पनि निर्देशन दिए।

हरुवाचरुवालगायत कमैया श्रमिकको मुक्तिका साथसाथै तिनका परिवारका लागि रोजगारीको अवसरको सिर्जना गरी आयआर्जन बढाउने कार्य पनि उत्तिकै आवश्यक रहेको भन्दै त्यसतर्फ ध्यान दिन पनि सम्बन्धित सबैलाई प्रधानमन्त्रीले आग्रह गरे।

“मुक्तकमैयालाई आत्मनिर्भर बनाउँदै उनीहरुको स्वतन्त्रता, स्वाभिमान र आत्मसम्मान बढाउन तीनओटै तहका सरकार र सरोकारवाला प्रतिबद्ध हुन आवश्यक छ”, उनले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved