अध्यक्षको स्वास्थ्यमा समस्या आएपछि एन्फा कार्यसमितिको बैठक स्थगित

नेपालभ्युज

अध्यक्षको स्वास्थ्यमा समस्या आएपछि एन्फा कार्यसमितिको बैठक स्थगित

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) को आज बस्ने भनिएको बैठक स्थगित भएको छ।

एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङको स्वास्थ्यमा समस्या आएपछि दिउँसो ३ बजे डाकिएको कार्यसमितिको दोस्रो बैठक स्थगित भएको हो।

अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको एन्फाले जनाएको छ।

अध्यक्ष नेम्बाङलाई हाल उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लगिएको छ। उनको रक्तचाप अत्यधिक बढेको बताइएको छ।

आज डाकिएको बैठकमा सीईओ लगायतका पदाधिकारी नियुक्ति, महिला साफ च्याम्पियनसिप र एनएसएल लगायतका विभिन्न मुद्दामा छलफल हुने एजेण्डा थियो।

नेम्बाङको अध्यक्षतामा गत असार ६ गते भएको निर्वाचनमा नयाँ कार्यसमिति चयन भएको थियो। यसअघि बसेको कार्यसमितिको पहिलो बैठकले संघको महासचिव, कोषाध्यक्ष र विदेश विभाग प्रमुखको नियुक्ति गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved