म्याद थप नहुने भएपछि गाउँपालिका परिसरमै करार कर्मचारीको धर्ना

नेपालभ्युज

म्याद थप नहुने भएपछि गाउँपालिका परिसरमै करार कर्मचारीको धर्ना

सुर्खेत। म्याद थप नगरी हटाएपछि दैलेख गुराँस गाउँपालिकाका करार कर्मचारी धर्ना बसेका छन्।

गाउँपालिकामा करार सेवामा कार्यरत कर्मचारीहरु सोमबार गाउँपालिका परिसरमा धर्ना बसेका छन्।

म्याद थप नभएसम्म आफूहरुको आन्दोलन जारी रहने कर्मचारी खम्बिरा केसीले बताइन्। ‘‘पालिकाले नियुक्त गरेका करार कर्मचारीसहित तत्कालिन जिल्ला विकास समितिबाट नियुक्त भएर गाउँपालिकामा कार्यरत कर्मचारीहरु समेत पीडित छन्’’, उनले भनिन्,‘‘घटनालाई राजनीतिक दाउपेच बनाइएको छ। सरकारले रोजगारीको ग्यारेन्टी गर्नुपर्ने ठाउँमा उल्टाे रोजीरोटी खाेस्ने काम भएको छ।’’

गुराँस गाउँपालिकाले करारमा नियुक्त गरेका शिक्षा, स्वास्थ्य र प्रशासनतर्फका झण्डै तीन सय कर्मचारीलाई गाउँपालिकाले साउन १ गतेदेखि करार सम्झौता नविकरण नुहने सूचना जारी गरेको थियो।

सूचना जारी भएको दुई दिनपछि ३१ असारबाट करारका कर्मचारीहरुले आन्दोलन शुरु गरेका हुन्। नगरपालिकाले म्याद थप गरी पुनर्बहाली गर्नुपर्ने उनीहरुको माग छ। आन्दोलनको पहिलो दिन कर्मचारी र प्रहरीबीच झडप समेत भएको थियो।

झडपका क्रममा प्रहरी चलाएको गोली लागेर स्थानीय भवानीप्रसाद भट्टराई र वडा नं. १ कार्यालयका कार्यालय सहयोगी बखतबहादुर खत्री घाइते भएका थिए। उनीहरुको उपचार कर्णाली प्रदेश अस्पतालमा भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved