अमेरिकाको मलमा गोली चल्दा ३ जनाको मृत्यु

अमेरिकाको इन्डियाना राज्यको एउटा मलमा भएको बन्दुक हमलामा तीन जनाको मृत्यु भएको छ। आइतबार भएको सो हमलामा अन्य तीन जना घाइते भएका छन्।

नेपालभ्युज

अमेरिकाको मलमा गोली चल्दा ३ जनाको मृत्यु

एजेन्सी। अमेरिकाको इन्डियाना राज्यको एउटा मलमा भएको बन्दुक हमलामा तीन जनाको मृत्यु भएको छ। आइतबार भएको सो हमलामा अन्य तीन जना घाइते भएका छन्।
आइतबार साँझ ग्रीनवुड पार्क मलमा सामूहिक गोलीबारी भएको ग्रीनवुड, इन्डियानाका मेयर मार्क मायर्सले एक विज्ञप्तिमा भनेका छन्। सुरक्षाकर्मीको जबाफी फायरमा आक्रमणकारी मारिएको उनले बताएका छन्।

ग्रीनवुड पुलिसले आफ्नो फेसबुक पेजमा उक्त घटनाका प्रत्यक्षदर्शीलाई आवश्यक जानकारीका साथ विभागमा सम्पर्क गर्न अनुरोध गरेको छ। यो आक्रमण अमेरिकामा बन्दुक हिंसाको लहरमा सबैभन्दा पछिल्लो घटना हो, जहाँ बन्दुक आक्रमणमा हरेक वर्ष ४० हजार जनाको मृत्यु हुन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved