काठमाडौंको तापक्रम ३२ डिग्री नाघ्यो, पानी परेका क्षत्रमा शीतल

काठमाडौंमा हिजो आइतबार मनसुन शुरु भयायताकै सबैभन्दा गर्मी भएको छ। हिजोको अधिकतम तापक्रम ३२ दशमलव ३ डिग्री सेल्सियस पुगेको थियो। पानी नपर्दा काठमाण्डौसहित देशभर नै गर्मी बढिरहेको छ।

नेपालभ्युज

काठमाडौंको तापक्रम ३२ डिग्री नाघ्यो, पानी परेका क्षत्रमा शीतल

काठमाडौं। काठमाडौंमा हिजो आइतबार मनसुन शुरु भयायताकै सबैभन्दा गर्मी भएको छ। हिजोको अधिकतम तापक्रम ३२ दशमलव ३ डिग्री सेल्सियस पुगेको थियो। पानी नपर्दा काठमाण्डौसहित देशभर नै गर्मी बढिरहेको छ।

अहिले भने काठमाडौँसहित वाग्मती, प्रदेश–१ र गण्डकी प्रदेशका केही ठाउँमा शीतल छ।
हिजो यसपालि मनसुन लागेपछिकै सबैभन्दा धेरै गर्मी भएको मौसमविद्हरूले बताएका छन्।

हिजो अस्ति बिहानै घाम चर्किने गरे पनि यी प्रदेशका केही ठाउँमा आज बिहान हल्का पानी पर्नुका साथै मौसम आंशिकदेखि सामान्य बदली भएकाले केही शीतल भएको हो। तर, केही घण्टामा फेरि बादल हटेर घाम लाग्ने सम्भावना रहेको छ।

उपत्यकासहित केही ठाउँमा लागेको बादल केही घण्टामा हटेर फेरि घाम चर्किने सम्भावना छ। यसले गर्दा अहिले शीतल भए पनि गर्मी फेरि बढ्ने अनुमान छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved