दार्चुला प्रशासनले भन्यो– आज भारतीय पक्षले बाँध खोल्दैछ, जलस्तर बढ्न सक्छ

आज बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म भारतस्थित तपोवन, धारचुलाको धौलीगंगा जलविद्युत परियोजनाको सिल्ट फ्लसिङको कार्यका लागि बाँधको ढोका खोलिने जानकारी भारतीय पक्षले गराएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।

नेपालभ्युज

दार्चुला प्रशासनले भन्यो– आज भारतीय पक्षले बाँध खोल्दैछ, जलस्तर बढ्न सक्छ

काठमाडौं। जिल्ला प्रशासन कार्यालय दार्चुलाले आज महाकाली नदीमा जलस्तर बढ् नसक्ने जनाएको छ।

आज बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म भारतस्थित तपोवन, धारचुलाको धौलीगंगा जलविद्युत परियोजनाको सिल्ट फ्लसिङको कार्यका लागि बाँधको ढोका खोलिने जानकारी भारतीय पक्षले गराएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।

जसलेगर्दा महाकाली नदीमा पानीको बहाव बढ्ने सम्भावना रहेको प्रशासनको विज्ञप्तिमा उल्लेख छ। प्रशासनले महाकाली नदी आसपासका बासिन्दालई सतर्कता अपनाउन आग्रह गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved