साढे तीन करोडको घण्टाघरमा डेढ लाखका घडी, तर बताउँदैनन् सही समय

निर्माण सम्पन्न भएको केही महीनामै घण्टाघरमा जडान भएका घडीले यकिन समय दिन छाडेका हुन्।

नेपालभ्युज

साढे तीन करोडको घण्टाघरमा डेढ लाखका घडी, तर बताउँदैनन् सही समय

काठमाडौं। कैलालीको टीकापुरमा घण्टाघर निर्माणको काम सम्पन्न भएको छ। घण्टाघर निर्माण गरी त्यहाँ चार दिशातर्फ चारओटा ठूलो साइजका घडी पनि राखिएका छन्। तर ती घडीले सही समय भने बताउँदैनन्।

टीकापुर नगरपालिकाले नेपाल सरकारको सघन शहरी विकास कार्यक्रमबाट तीन करोड २६ लाख ४२ हजार २६६ लागतमा भ्यूटावरसहितको घण्टाघर निर्माण गरेको हो।

२८ मिटर लामो उक्त घण्टाघर रोयल प्रशंसा जेभीले निर्माण गरेको हो। घण्टाघरमा नगरपालिकाले प्रतिघडी ३६ हजार ५०० रुपैयाँ पर्ने चार घडी राखिएकोमा कुनैले पनि यकिन समय नबताउने गरेको पाइएको हो।

निर्माण सम्पन्न भएको केही महीनामै घण्टाघरमा जडान भएका घडीले यकिन समय दिन छाडेका हुन्। चारओवटा घडी बिजुली बत्ती गएपछि बन्द हुने र बत्ती आएपछि यकिन समय दिने गरी जडान भएको निर्माण कम्पनीले जनाएको थियो।

नगरपालिकाले १९ फागुन २०७५ मा कम्पनीसँग घण्टाघर निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved