निको भइन् लोकशरी

ललितपुरस्थित पाटन अस्पतालमा एक महिना उपचारपछि लोकशरीलाइ अस्पतालले डिस्चार्ज गरेको हो। उनको अहिले मेडिकल पुनर्स्थापना संस्थामा राखेर फिजियोथेरापी भइरहेको छ।

नेपालभ्युज

निको भइन् लोकशरी

काठमाडौं। आगोले जलेर आर्थिक अभावमा अलपत्र बाजुराको बुढीगंगा नगरपालिका १० बस्ने आगोले जलेकी २३ वर्षकी लोकशरी कुँवर उपचारपछि निको भएकी छन्।

ललितपुरस्थित पाटन अस्पतालमा एक महीना उपचारपछि लोकशरीलाई अस्पतालले डिस्चार्ज गरेको हो। उनको अहिले मेडिकल पुनर्स्थापना संस्थामा राखेर फिजियोथेरापी भइरहेको छ।

पैसा नहुँदा उपचार अभावले अलपत्र परेको खबर नेपालभ्यूजले प्रकाशन गरेलगत्तै सहयोग जुट्न थालेको थियो। आर्थिक सहायता जुट्न थालेपछि लोकशरीको उपचार भएको हो।

आगोले ४३ प्रतिशत भाग जलेको लोकशरीलाई नयाँ जीवन दिन उपचारमा दुई वटा संस्था खटिएका थिए। मेडिकल रिह्याबिलिटेशन अर्गनाईजेशन र बर्न भाइलेन्स सर्भाइभर नेपाल (बीभीएस नेपाल)ले सहयोग गरिरहेको थियो।

पैसा नहुँदा लोकशरीका श्रीमान् एकेन्द्र कुँवरले  बयलपटा अस्पतालले रिफर गरेको ८ दिनसम्म काठमाडौँ उपचारमा ल्याउन सकेका थिएनन्। समाचार प्रकाशितपछि सबैको सहायताले उपचार पाएको लोकशरीका श्रीमान् एकेन्द्र बताउँछन्।

बुद्धको जहाजले छाडेको लोकशरी १८ घण्टाको एम्बुलेन्स यात्रापछि काठमाडौंमा, उपचार शुरु

लोकशरी ३ जेठमा आगोमा जलेकी थिइन्। छारेरोगबाट पीडित उनी खाना पकाउँदा पकाउँदै चुलोमै लडेकी थिइन्। गाउँको अस्पतालमा सामान्य उपचारपछि ११ जेठमा बुढीगंगा नगरपालिका र स्वास्थ्य संयोजक दीपक शाहको सहयोगमा एम्बुलेन्समार्फत धनगढी पर्‍याइएको थियो।

जेठ ११ गते बिहान धनगढी पुयाइएकी लोकशरीलाई साझँ ७ बजे बुद्ध एयरको जहाजमा टिकट लिइएको थियो। तर, एयरपोर्टमा पुगेकी लोकसरीलाई जहाजले उडनउन नमानेर फिर्ता गरेको थियो। बुढीगंगा नगरपालिकाका स्वास्थ्य संयोजक दीपक शाहललगायतले एम्बुलेन्सबाट काठमाडौं ल्याएका थिए।

कहिले यात्रुमाथिको व्यवहार त कहिले विभिन्न असुरक्षाका घटनाबाट चर्चामा रहने बुद्ध एयरले फेरि आगोले जलेकी लोकशरीलाई बोक्न नमान्दा आलोचित बनेको थियो। तत्कालै अस्पताल पुर्‍याउनुपर्ने अवस्थाको घाइतेलाई पाँच घण्टा विमानस्थलमा कुराएर छाडेर उडेपछि विरोध भएको थियो।

बुद्ध एयरको ‘अमानवीय हर्कत’- जलेकी महिलालाई ५ घण्टा कुरायो, तर जहाजमा लैजान मानेन

हवाई उडानको सेवा घाइतेको उद्धारका लागि पहिलो प्राथमिकतामा हुनुपर्ने हो। त्यो मान्यताविपरीत बुद्धले भने इमर्जेन्सी उपचार पाउनुपर्ने घाइतेलाई पाँच घण्टा पर्खाएर अमानवीय ढंगबाट छाडेर हिँडेपछि आलोचना भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved