बुढीगंगाको मतदान केन्द्रमा तनाव, प्रहरीद्वारा हवाई फायर

स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए।

बुढीगंगाको मतदान केन्द्रमा तनाव, प्रहरीद्वारा हवाई फायर
सांकेतिक तस्वीर।

सुर्खेत। बाजुराको बुढीगंगा नगरपालिका–९ को त्रिशक्ति मावि मतदान केन्द्रमा तनाव भएको छ।

तनावपछि स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले हवाई फायर गरेको हो।

स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए।

“केहीबेर विवाद भयो,” अधिकारीले भने, “करीब १५ मिनेट मतदान रोकेर अहिले पुनः मतदानको स्थिति बनेको छ।”

अन्य मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved