बाहिरी हस्तक्षेप नरोके कष्टकर दिन भोग्नुपर्छः भीम रावल

नेपालभ्युज

बाहिरी हस्तक्षेप नरोके कष्टकर दिन भोग्नुपर्छः भीम रावल

काठमाडौं। नेकपा (एमाले) का नेता भीमबहादुर रावलले नेपालको राष्ट्रिय सुरक्षामा बाह्य हस्तक्षेप बढेको बताएका छन्।

रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको विशेष साक्षात्कारमा उनले बाहिरी हस्तक्षेप नरोके देशले कष्टकर दिन भोग्नुपर्ने समेत बताए। नेपालले स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिलाई बढावा दिनुपर्नेमा उनले जोड दिए।

एसपीपीमा नेपाल संलग्न नहुने भनेर सरकारले भनेपछि त्यस सम्बन्धमा लेखिएको पत्र सार्वजनिक गर्न पनि उनले माग गरे। संसद् र संसद्को अन्तर्राष्ट्रिय समितिले एसपिपीबारे दस्तावेज माग गर्दा पनि सरकारले उपलब्ध नगराएको भन्दै उनले आपत्ति जनाए। रावलले नेपाललाई सैनिक अड्डामा परिणत गर्ने काम कसैबाट पनि हुन नहुनेमा जोड दिए।

सबै असमान सन्धि र सम्झौताबाट देशलाई मुक्त गर्नुपर्नेमा रावलले जोड दिए। यस्तै रावलले आगामी आम निर्वाचनमा आफ्नो दल एक्लै निर्वाचनमा जाने स्पष्ट पारे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved