झाँक्रीलाई रुवाएर समाजवाद आउँदैन : रामचन्द्र पौडेल

‘‘सबैको पालो पुर्‍याउनकै लागि चार दिन पनि काम गर्न नपाएका मन्त्रीलाई हटाउन हुन्छ ? रामकुमारी झाँक्रीलाई रुवाएर समाजवाद आउँछ ?’’

नेपालभ्युज

झाँक्रीलाई रुवाएर समाजवाद आउँदैन : रामचन्द्र पौडेल
फाइल तस्वीर

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानविरुद्ध उभिएर समाजवाद नआउने बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित नेपालमा समाजवाद : चुनौती र सम्भावना शीर्षकको कार्यक्रममा नेता पौडेलले संविधानले दिएका अधिकारहरू कार्यान्वयन गरेमात्रै समाजवादको जग बसाल्न सकिने बताए।

कार्यक्रममा उनले नेकपा (एकीकृत समाजवादी) ले सबैको भाग पुर्‍याउनकै लागि मन्त्री फेर्नु गलत भएको बताए।

आइतबार मात्रै शहरी विकास मन्त्रालयबाट रुँदै बिदा भएकी रामकुमारी झाँक्रीको प्रसंग निकाल्दै नेता पौडेलले भने, ‘‘सबैको पालो पुर्‍याउनकै लागि चार दिन पनि काम गर्न नपाएका मन्त्रीलाई हटाउन हुन्छ ? रामकुमारी झाँक्रीलाई रुवाएर समाजवाद आउँछ ?’’

समाजवादको नारा लगाएर घोर प्रतिक्रियावादी काम गर्न नहुने उनको भनाइ छ। नेता कार्यकर्ताको संस्कार परिवर्तन गरे मात्रै समाजवाद आउने उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved