बागमतीमा मुख्यमन्त्री फेर्ने सहमति पत्र सार्वजनिक, तर छाडेनन् पाण्डेले

नेपालभ्युज

बागमतीमा मुख्यमन्त्री फेर्ने सहमति पत्र सार्वजनिक, तर छाडेनन् पाण्डेले

काठमाडौं। बागमती प्रदेश सरकारमा आधाआधा समय मुख्यमन्त्रीको कार्यकाल चलाउने गरी भएको सहमति पत्र सार्वजनिक भएको छ।

नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच आधा-आधा कार्याकाल चलाउने गरी सहमति भएको थियो। सहमतिअनुसार कांग्रेसले अब मुख्यमन्त्रीको जिम्मेवारी पाउनुपर्नेछ। तर नेकपा एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनेका राजेन्द्र पाण्डेले पद छोडेका छैनन्।

कात्तिक २०७८ मा कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच यस्तो सहमति भएको थियो। जसअनुसार नेकपा एकीकृतका नेता पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका थिए। सहमतिअनुसार आधा समय पाण्डेले मुख्यमन्त्री चलाउने र त्यसपछि कांग्रेसका प्रदेश सभापति इन्द्र बानियाँ मुख्यमन्त्री बन्ने सम्झौता भएको थियो।

केन्द्र सरकारले कात्तिक अन्तिम वा मंसीर पहिलो साता संघीय निर्वाचन गर्ने तयारी गर्दै छ। कात्तिकमा भएको सहमतिअनुसार पाण्डेले आधा समय मुख्यमन्त्रीको पदभार सम्हालिसकेका छन्। यद्यपि उनले पद छाड्ने संकेत नदिएपछि तीन पार्टीबीच भएको सहमति बाहिरिएको हो।

सहमति पत्रमा नेकपा एकीकृत समाजवादीबाट पाण्डे, कांग्रेसबाट बानियाँ र माओवादी केन्द्रबाट शालिकग्राम जम्मकट्टेलले हस्ताक्षर गरेका छन्।

No description available.


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved