रविलाई मिलन पाण्डेको सुझाव : हामीले गरेको गल्ती नदोहोर्‍याउनुहोला

उनले राजनीति लामो दौड भएको बताउँदै राजनीतिमा टिक्नु नै ठुलो कुरा भएको बताए।

नेपालभ्युज

रविलाई मिलन पाण्डेको सुझाव : हामीले गरेको गल्ती नदोहोर्‍याउनुहोला

काठमाडौं। विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले रवि लामिछानेलाई शुभकामना दिँदै आफ्नो गल्ती नदोहोर्‍याउन सुझाव दिएका छन्।

सामाजिक सञ्जालमा शुभकामना दिँदै उनले आफूहरूले गरेको गल्ती दोहोराउने छूट रविलाई नभएको बताएका छन्।

उनले ती गल्तीहरूबाट पाएको पाठको मूल्य धेरै युवाहरूको जवानीको १० वर्ष रहेको समेत बताएका छन्।

पाण्डेले ‘मैले मात्र देश बनाउन सक्छु भन्ने अहम् त्यागेँ’ भन्ने उज्वल थापाको भनाइका कारण देश आफूले मात्र बनाउने भन्ने कुरा सबैले त्याग्न जरुरी रहेको बताए। उनले रविलाई ‘म’ ले राजनीतिमा केही गर्न नसक्ने र ‘हामी’ ले मात्र परिणाम दिन सक्ने कुरा बताएका छन्।

उनले राजनीति लामो दौड भएको बताउँदै राजनीतिमा टिक्नु नै ठुलो कुरा भएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved