विवाहको प्रलोभनमा गेष्ट हाउस लगेर बलात्कार, लुटपाट गरेर फरार

विवाहको प्रलोभन देखाएर बलात्कार गरी लुटपाट गर्ने काभ्रेका ३० वर्षीय विश्व तामाङ पक्राउ परेका छन्।

नेपालभ्युज

काठमाडौं। विवाहको प्रलोभन देखाएर बलात्कार गरी लुटपाट गर्ने काभ्रेका ३० वर्षीय विश्व तामाङ पक्राउ परेका छन्।

२४ वर्षीया महिलालाई जबरजस्ती करणी पश्चात पीडितकै नगद र गहना लुटपाट गरी फरार रहेको अभियोगमा उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।

ती महिलालाई २९ जेठमा आफूलाई भोटे बताउने ती पुरुषले विवाहको प्रलोभन देखाएर काठमाडौंको भोटेबहालस्थित एक गेष्ट हाउसमा लगेका थिए। त्यहाँ लठ्ठिने पदार्थ पेय पदार्थमा मिसाएर खुवाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।

जबरजस्ती करणीपश्चात महिलाको नगद १ लाख रुपैयाँ, दुई तोला सुन र एउटा मोबाइल समेत लुटी फरार भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved