पहुँच हुनेले मात्रै खोप पाए : मुख्यमन्त्री राउत

नेपालभ्युज

पहुँच हुनेले मात्रै खोप पाए : मुख्यमन्त्री राउत

जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पहुँच हुनेले मात्रै कोरोना भाइरसविरुद्धको खोप पाएको बताएका छन्।

प्रदेशको आठओटै जिल्लामा कोभिड–१९ विरूद्धको खोप सुदृढीकरणका लागि जारी घुम्ती खोप सेवाको निरन्तरता दिन आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले ग्रामीण क्षेत्रका नागरिक कोरोना भाइरसविरूद्धको खोपबाट वञ्चित भएको बताए।

‘‘साँच्चै भन्ने हो भने जसको पहुँच थियो, नजिकका थिए उनैले खोप लगाउन पाए। ग्रामीण क्षेत्रका नागरिक अहिले पनि खोपबाट वञ्चित छन्’’, मुख्यमन्त्री राउतले भने।

उनले बालबालिकालाई पनि अगामी दिनमा यस्तै घुम्ती सेवा सञ्चालन गर्नुपर्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved