ताप्लेजुङमा पहिरोले बगायो ८ घर

जिल्ला विपद् व्यवस्थपन समितिका अनुसार सिरिजङ्गा गाउँपालिका–६ मामाङ्खे गाउँमा दुई र वडा नं ७ खेवाङ गाउँमा एक गरी तीन घर पहिरोले बगाएको छ। ३५ घरपरिवार विस्थापित हुन पुगेको समितिले जनाएको छ।

नेपालभ्युज

ताप्लेजुङमा पहिरोले बगायो ८ घर

फुङ्लिङ। ताप्लेजुङमा निरन्तर वर्षासँगै गएको पहिरोले आठओटा घर पहिराले बगाएको छ।

गत बिहीबारयता जिल्लामा वर्षाका कारण बाढी– पहिरोले क्षति गर्न थालेको हो।

जिल्ला विपद् व्यवस्थपन समितिका अनुसार सिरिजङ्गा गाउँपालिका–६ मामाङ्खे गाउँमा दुई र वडा नं ७ खेवाङ गाउँमा एक गरी तीन घर पहिरोले बगाएको छ। ३५ घरपरिवार विस्थापित हुन पुगेको समितिले जनाएको छ।

विस्थापित परिवार अहिले सुरक्षित स्थानमा रहेको विद्यालयमा बस्दै आएको सिरिजङ्गा गाउँपालिकाका उपाध्यक्ष चित्र माबोले जानकारी दिए। गत शुक्रबार सिरिजङ्गामा पहिरोमा परी दुई जनाको मृत्यु भएको थियो। त्यस्तै मिक्वाखोला गाउँपालिकामा तीन घर पहिरोले बगाएको विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताए।

फक्ताङलुङ गाउँपालिका–२ खेजिनेम गाउँमा दुई घर पहिरोले बगाएको छ। तीस घरपरिवार विस्थापित हुन पुगेको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले जानकारी दिए। उनका अुनसार जोखिमयुक्त बस्तीका घरपरिवालाई सुरक्षित स्थानमा बस्नका लागि आवश्यक सामग्रीसमेत गाउँपालिकाले उपलब्ध गराइसकेको छ। केही घरपरिवार विद्यालयको भवनमा समेत बस्दै आएको गाउँपालिकाले जनाएको छ।

निरन्तर वर्षाका कारण गाउँ–गाउँका बस्ती उच्च जोखिम छन्। सदरमुकामबाट गाउँपालिका केन्द्रसम्म पुग्ने सडक अवरुद्ध हुँदा यातायात सञ्चालनमासमेत समस्या हुँदै आएको विपद् व्यवस्थापन समितिले जनाएको छ। विपद्बाट बच्नका लागि सुरक्षित स्थानमा बस्नसमेत प्रशासनले जिल्लावासीलाई अनुरोध गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved