एसीसी महिला टी-२० : कुवेतको सामना गर्दै नेपाल

मलेसियाको किनरारा मैदानमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि, हिजो शुक्रबार भएको पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले हराएको थियो।

नेपालभ्युज

एसीसी महिला टी-२० : कुवेतको सामना गर्दै नेपाल

काठमाडौं। नेपाली महिला क्रिकेट टिमले आज कुवेतको सामना गर्दैछ। एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप अन्तर्गतको दोस्रो खेलमा आज नेपालले कुवेतसँग खेल्न लागेको हो।

मलेसियाको किनरारा मैदानमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि, हिजो शुक्रबार भएको पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले हराएको थियो।

पहिलो खेलमा वर्षाका कारण नतिजाविहीन बनेको कुवेत पहिलो जितको खोजीमा छ। कुवेत र बहराइनबीचको पहिलो खेल वर्षाले नतिजाविहीन बनेको थियो।

कुवेतसँगको यसअघिको दुई भेटमा नेपाल विजयी भएको थियो।

च्याम्पियनसिपमा नेपाल समूह ’बी’मा रहेको छ। नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन्।

पहिलो खेलबाट २ अंक जोडेको नेपाल समूहको शीर्ष स्थानमा छ। कुवेत १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।

दुई समूहमा गरेर १० टोली सहभागी प्रतियोगितामा नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ।

समूह चरणको खेलपछि दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन्। च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोली महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved