एसीसी महिला टी-ट्वान्टी : नेपालको विजयी शुरुआत

शानदार बलिङ गरेको नेपालले ९५ रनको सहज लक्ष्य पछ्छाएको भुटानलाई मात्र ४४ रनमा अलआउट गर्‍यो।

नेपालभ्युज

एसीसी महिला टी-ट्वान्टी : नेपालको विजयी शुरुआत

काठमाडौं। नेपालले एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा विजयी शुरुआत गरेको छ। मलेसियामा आज (शुक्रबार)देखि शुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले पराजित गर्‍यो।

शानदार बलिङ गरेको नेपालले ९५ रनको सहज लक्ष्य पछ्छाएको भुटानलाई मात्र ४४ रनमा अलआउट गर्‍यो। खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पनि ब्याटिङ भने त्यति राम्रो प्रदर्शन गर्न सकेन।

निर्धारित २० ओभरको पूरै खेल खेले पनि नेपाले नौ विकेट गुमाउदै मात्र ९४ रन जोड्न सकेको थियो।

नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक २६ रन जोडेकी थिइन्। त्यसैगरी कप्तान रुविना क्षेत्रीले २१ र इन्दु बर्माले २० रनको योगदान गरेका थिए।

जवाफमा नेपालको कसिलो बलिङसामु भुटान १७ ओभर ५ बलमा मात्र ४४ रनमा अलआउट भयो। भुटानको इनिङको धरापमा पार्न संगिता राईले २.५ ओभर बलिङ गर्दै मात्र ६ रन खर्चेर चार विकेट झारिन्।

भुटानका एक ब्याटर बाहेक अन्य कुनैले पनि दोहोरो रन संख्या छुन सकेनन्।

जितपछि नेपालले समूह चरणमा दुई अंक जोडेको छ।

१० राष्ट्रको सहभागिता रहेको प्रतियोगितमा टिमलाई दुई समूहमा विभाजन गरिएको छ। समूह चरणको खेलपछि दुवै समूहको शीर्ष दुई स्थानमा रहने टिमले सेमिफाइनलमा भिडन्त गर्नेछन्।

यो टी–ट्वान्टी च्याम्पियनसिप यसै वर्ष बंगलादेशमा आयोजना हुने महिला टी–ट्वान्टी एसिया कपको छनोट प्रतियोगिता पनि हो। यो प्रतियोगिताको फाइनल खेल्ने शीर्ष दुई टिमले एसिया कप खेल्न पाउनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved