क्यानडासँग टी-ट्वान्टी र एकदिवसीय सिरिज खेल्दै नेपाल

नेपालले घरेलु टोलीसँग दुई खेलको टी–ट्वान्टी र दुई खेलको एकदिवसीय सिरिज खेल्ने तय भएको छ।

नेपालभ्युज

क्यानडासँग टी-ट्वान्टी र एकदिवसीय सिरिज खेल्दै नेपाल

काठमाडौं। नेपालीले क्यानडासँग टी–ट्वान्टी र एकदिवसीय सिरिज खेल्ने भएको छ। राष्ट्रिय पुरुष क्रिकेट टिमले सिरिजको लागि क्यानडाको भ्रमण गर्ने भएको हो।

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार क्यानडाको भ्रमण तालिका सार्वजपनक गरेको छ। जसमा नेपालले घरेलु टोलीसँग दुई खेलको टी–ट्वान्टी र दुई खेलको एकदिवसीय सिरिज खेल्ने तय भएको छ।

नेपाल र क्यानडाबीच १४ असारमा पहिलो टी–ट्वान्टी र १५ असारमा दोस्रो टी–ट्वान्टी खेल हुनेछ। त्यसपछि, २० असारमा पहिलो एकदिवसीय र २१ असारमा दोस्रो एकदिवसीय खेल हुनेछ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टूअन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिदेशीय सिरिजअघि नेपालले क्यानडाको भ्रमण गर्ने तय भएको हो।

आगामी जुलाईमा हुने सिरिजमा नेपालले आयोजक स्कटल्याण्ड र नामिबियाविरुद्ध खेल्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved