मन्त्रिपरिषद् निर्णय : सरकारले एसपीपी सम्झौता गर्न लागेको छैन

नेपालभ्युज

मन्त्रिपरिषद् निर्णय : सरकारले एसपीपी सम्झौता गर्न लागेको छैन

काठमाडौं। सरकारले अमेरिकाको स्टेट पार्टनसिप प्रोग्राम (एसपीपी) सम्झौता गर्न लागेको विषयमा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ।

मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले अरू देशको सेना नेपाल भित्र्याउने किसिमको सम्झौताका विषयमा कुनै सत्यता नभएको बताएका हुन्। उनले मुलुक सार्वभौम स्वतन्त्र राष्ट्र भएकाले यसविपरीत कुनै काम नगर्ने बताए। प्रवक्ता कार्कीले एमसीसी सदनबाट पारित भइसकेको अवस्थामा कार्यान्यनको प्रक्रियामा रहेको जिकिर गरे।

मन्त्रिपरिषद् बैठकले जापान सरकारबाट नेपालको मानव संशाधन विकासका लागि प्राप्त हुने करीब ३६ करोड ६२ लाख रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको प्रवक्ता कार्कीेले बताए।

निजी आवास पुनर्निर्माण तथा प्रबलीकरणको कामलाई असार मसान्तसम्म निरन्तरता दिने निर्णय सरकारले गरेको छ। त्यस्तै त्यस्तै, सरकारले राष्ट्रिय बीमा कम्पनी लिमिटेडको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव राजेश्वर ज्ञवालीलाई र तारागाँउ विकास समितिको अध्यक्षमा सुरेशराज जोशीलाई नियुक्त गरिएको प्रवक्ता कार्कीले जानकारी दिए।

बैठकले सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउनेसम्बन्धी कार्यनीति २०७८ र सरकारी सम्पत्ति तथा जिन्सी मालसामान लिलाम बिक्री तथा मिनाहा सम्बन्धी कार्यविधि २०७८ स्वीकृत गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved