एसपीपी कार्यान्वयन भए नेपाल अमेरिकी सेनाको अखडा बन्छ : भीम रावल

‘‘एसपीपी सम्झौता कार्यान्वयन भयो भने नेपाल अमेरिकी सेनाको अखडा बन्छ। नेपालको स्वतन्त्र परराष्ट्र नीति ध्वस्त हुन्छ’’

नेपालभ्युज

एसपीपी कार्यान्वयन भए नेपाल अमेरिकी सेनाको अखडा बन्छ : भीम रावल
फाइल तस्वीर

काठमाडौं। नेकपा (एमाले) का नेता भीम रावलले अमेरिकासँगको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता कार्यान्वयन भए नेपालको स्वतन्त्र परराष्ट्र नीति ध्वस्त हुने बताएका छन्।

बिहीबार काठमाडौमा भएको पूर्व सुरक्षाकर्मी सुरक्षा परिषदको पत्रकार सम्मेलनमा नेता रावलले राष्ट्रघाती काम गर्ने छुट समेत कसैलाई नभएको बताए।

‘‘एसपीपी सम्झौता कार्यान्वयन भयो भने नेपाल अमेरिकी सेनाको अखडा बन्छ। नेपालको स्वतन्त्र परराष्ट्र नीति ध्वस्त हुन्छ’’, नेता रावलले भने, ‘‘नेपालको अस्मिता र अस्तित्वमा नै खतरा पैदा हुन्छ। यस्तो सम्झौता गरेर राष्ट्रघात गर्ने छुट कसैलाई छैन।’’

एसपीपीको चौतर्फी विरोध भइरहेका बेला सरकारले भने यो हल्ला मात्रै भएको दाबी गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आफूले देशलाई आघात पुग्ने कुनै पनि सम्झौतामा हस्ताक्षर नगर्ने स्पष्ट पारिसकेका छन्।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नै एसपीपी सम्झौता अघि बढाएको दाबी गरे। वर्तमान सरकारले एसपीपीमा सम्झौता गरेको हल्ला निराधार रहेको उनको दाबी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved