श्रीमतीलाई देउवाले भारतको ऊर्जा जीएससँग वार्ता गर्न लगाएको रावलको आरोप

नेपालभ्युज

श्रीमतीलाई देउवाले भारतको ऊर्जा जीएससँग वार्ता गर्न लगाएको रावलको आरोप

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले मुलुकको हितविपरीत काम नगर्न प्रधानमन्त्री शेर बहादुर देउवालाई सुझाव दिएका छन्।

मंगलबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै रावलले स्वेच्छाचारी ढंगले मुलुकको हितविपरीत काम गर्न खोजेको भन्दै यस्तो काम बन्द गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका हुन्।

सैनिक शक्ति राष्ट्रको पछि लाग्ने जनादेश प्रधानमन्त्रीलाई नभएको भन्दै उनकी श्रीमती आरजु राणालाई समेत भारतसँग ऊर्जा जीएससँग वार्ता गर्न लगाएको आरोप लगाए।

अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) को मस्यौदामा नेपाललाई हस्ताक्षर गर्न दबाब दिएको र यो नेपाललाई एउटा कुनै देशको सैनिक अखडाको रुपमा परिणत गर्ने षडयन्त्र भएको उनले बताए। एसपीपीले नेपालको स्वतन्त्र परराष्ट्र नीति उलंघनका साथै नेपालको अस्तित्वमाथि नै धावा बोल्ने उनले तर्क गरे। रावलले गम्भीर कुरा उठ्दा पनि सरकारले मौनता साध्नु गैरजिम्मेवारीपन भएको धारणा राखे।

त्यस्तै कांग्रेस नेता मीन विश्वकर्माले अमेरिका नेपालको सहयोगी मित्रराष्ट्र रहेकाले सैन्य क्षेत्रमा अमेरिकाले नेपालाई सहयोग गर्दै आएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved