रोनाल्डोमाथि लागेको बलात्कारको मुद्दा अदालतद्वारा खारेज

नेपालभ्युज

रोनाल्डोमाथि लागेको बलात्कारको मुद्दा अदालतद्वारा खारेज

काठमाडौं। स्टार फुटबलर क्रिष्टियानो रोनाल्डोमाथि लागेको बलात्कारको मुद्दा खारेज भएको छ। एक अमेरिकी महिलाले उनीविरुद्ध हालेको मुद्दालाई अमेरिकी अदालतले खारेज गरेको हो।

अमेरिकी शिक्षिका क्याथरिन मायोर्गाले सन् २०१८ मा रोनाल्डोविरुद्ध बलात्कारको मुद्दा दर्ता गरेकी थिइन्। मायोर्गाले सन् २००९ मा लस भेगासको एक होटलमा रोनाल्डोले आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन्।

तर अमेरिकी अदालतले मायोर्गाका वकिलले चोरीको र चुहावट भएको रेकर्डको आधारमा मुद्दा दर्ता गरको कारण देखाउँदै मुद्दा खारेज गरेको हो।

३७ बर्षीय रोनाल्डोले सधैँ आफूमाथि लागेको आरोप झूटो भएको बताउँदै आएका थिए।

पोर्चुगिज स्टार फरवार्ड रोनाल्डो हाल इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडमा आवद्ध छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved