सुर्खेत जिससमा एमाले–माओवादी गठबन्धन विजयी

जिल्ला समन्वय समिति, सुर्खेतमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

नेपालभ्युज

सुर्खेत जिससमा एमाले–माओवादी गठबन्धन विजयी

सुर्खेत। जिल्ला समन्वय समिति, सुर्खेतमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

आज भएको निर्वाचनमा १० मतसहित एमाले-माओवादी गठबन्धन प्यानलै विजयी भएको हो। जिससको प्रमुखमा एमालेका गंगाराम सुनार र उपप्रमुखमा माओवादीका सचिनकुमार बडुवाल विजयी भएका हुन्।

गठबन्धनका उम्मेदवारले १० मत पाउँदा कांग्रेसका उम्मेदवारले ८ मत पाएको मुख्य निर्वाचन अधिकृत डा. राजेन्द्रकुमार आचार्यका बताए।

महिला सदस्यमा चन्द्रा धामी (एमाले), शान्ति ताराम (माओवादी केन्द्र) र मीना मल्ल (एमाले) तथा अन्य सदस्यमा तुलबहादुर नेपाली (माओवादी केन्द्र), डिल्ली पाण्डे (एमाले) र पृथ्वीबहादुर बुढा (एमाले) तथा अल्पसंख्यकमा सावित्रा टमटा (एमाले) विजयी भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved