यू-१९ महिला विश्वकप छनोट : मलेसियालाई नेपालले दियो ८७ रनको लक्ष्य

आयोजक मलेसियाविरुद्ध टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभरमा सात विकेटको क्षतिमा ८६ रन बनायो।

नेपालभ्युज

यू-१९ महिला विश्वकप छनोट : मलेसियालाई नेपालले दियो ८७ रनको लक्ष्य

काठमाडौं। आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले मलेसियालाई ८७ रनको विजयी लक्ष्य दिएको छ।

आयोजक मलेसियाविरुद्ध टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभरमा सात विकेटको क्षतिमा ८६ रन बनायो। नेपालका लागि अञ्जली विश्वकर्माले ३३ तथा आश्मा पुलामी मगरले २६ रन बनाए।

मलेसियाको युकेएम ओभलमा नेपालले अन्तिम खेलको रुपमा मलेसियाको सामना गरिरहेको हो। नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको छ।

नेपाल ४ खेलमा दुई जित र दुई हार व्यहोर्दै बाहिरिएको हो। पहिलो खेलमा कतारलाई ७९ रनले हराएको नेपाल दोस्रो खेलमा यूएईसँग १० विकेटले पराजित भएको थियो।

तेस्रो खेलमा भुटानलाई ४ विकेटले हराएको नेपाल चौथो खेलमा थाइल्यान्डसँग ४९ रनले पराजित भएको थियो।

छनोटमा नेपालसहित, आयोजक मलेसिया, यूएई, थाइल्यान्ड, भुटान र कतार रहेका छन्। प्रतियोगिताको शीर्ष टोलीले दक्षिण अफ्रिकामा हुने यू–१९ विश्वकप खेल्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved