धनुषामा एक सातादेखि हराइरहेका बालकको शव फेला

धनुषा प्रहरीले शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाए प्रहरीले जनाएको छ। मृतक परिवारजन प्रहरी सम्पर्कमा छन्।

नेपालभ्युज

धनुषामा एक सातादेखि हराइरहेका बालकको शव फेला

जनकपुरधाम। धनुषामा एक हप्तादेखि हराइरहेका बालकको शव फेला परेको छ।

सर्लाहीको कबिलासी नगरपालिका ७ गैर बाजार घर भएको अहिले जनकपुरधाम उपमहानगरपालिका ८ मा टेन्ट तानेर बसिरहेका जियासरण बरहीका ६ वर्षीय छोरा राँकी बरही एकसाता अघि बेपत्ता भएका थिए।

गत १७ जेठमा एक अपरिचित व्यक्तिले बालकलाई बेपत्ता बनाएको परिवारले जनाएको थियो। उनको खोजतलास गर्दै आए पनि भेटिएको थिएन। अहिले बालकको शव फेला परेको हो।

बालकको शव धनुषा र महोत्तरीको सीमामा फेला परेको हो। जनकपुरधाम उपमहानगरपालिका २२ र महोत्तरीको पीपरा गाउँपालिका ६ वसविट्टीस्थित दुधमती नदीको छेउको पानी भएको झाडीमा सोमबार राति बालकको शव फेला परेको धनुषाका प्रहरी उपरीक्षक वसन्त राजौरेले जानकारी दिए।

गरीबीका कारण बरहीको घरपरिवार घुमन्ते जीवन (करोडिया) बिताइरहेको छ। उनीहरू घुमन्ते रहेको र ठाउँठाउँमा टेन्टमा बस्दै आएका छन्। केही महीनादेखि बालकका आमबुबासहित केही छिमेकी जनकपुरमा टेन्ट तानेर बस्दै आएका छन्।

अस्थायी बसोबास गर्दै डुलिरहने (करोडिया) परिवारको अबोध बालकको हत्या हो वा मृत्यु यस विषयमा अनुसन्धान हुँदैछ। धनुषा प्रहरीले शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाए प्रहरीले जनाएको छ। मृतक परिवारजन प्रहरी सम्पर्कमा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved