मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाका लागि मेस्सीको पाँच गोल

यसअघि, क्लबका लागि एकै खेलमा पाँच गोल गरे पनि राष्ट्रिय टिमका लागि मेस्सीको यो नै एकै खेलमा गरेको सर्वाधिक गोल हो।

नेपालभ्युज

मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाका लागि मेस्सीको पाँच गोल

काठमाडौं। लियोनल मेस्सी एक्लैले पाँच गोल गरेपछि एस्टोनियाविरुद्धको मैत्रीपूर्ण खेलमा अर्जेन्टिना ५-० गोल अन्तरले विजयी भएको छ।

गएराति स्पेनमा भएको खेलमा मेस्सीले शानदार प्रदर्शन गरे। उनी एक्लैले टिमका लागि पाँच गोल गरे।

खेलको आठौँ मिनेटमा पेनाल्टीमा गोल गर्दै खाता खोलेका मेस्सीले ७६ औँ मिनेटमा पाँच गोल पूरा गरे। उनले खेलको ४५ औँ मिनेटमा दोस्रो, ४७ औँ मिनेट तेस्रो, ७१ औँ मिनेटमा चौथो र ७६ औँ मिनेटमा पाँचौँ गोल गरे।

क्लबका लागि एकै खेलमा पाँच गोल गरे पनि राष्ट्रिय टिमका लागि मेस्सीको यो नै एकै खेलमा गरेको सर्वाधिक गोल हो। सन् २०१२ मा बार्सिलोनाबाट खेल्दै उनले लिभरकुसनको पोस्टमा पाँच गोल गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved