मन्त्री हेरफेर नियमित प्रक्रिया हो : माधव नेपाल

नेपालभ्युज

मन्त्री हेरफेर नियमित प्रक्रिया हो : माधव नेपाल
फाइल तस्वीर

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मन्त्री हेरेफेर हुनु नियमित प्रक्रिया भएको बताएका छन्। नेकपा एसले आफ्ना सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेपछि यस विषयमा प्रतिक्रिया दिँदै यस्तो बताएका हुन्।

पार्टी कार्यालयमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले पहिले नै ६ महीनाका लागि भनिएकाले यो नियमित प्रक्रिया भएको बताए।

नेकपा एसले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आले, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसानलाई फिर्ता बोलाएको छ।

उनीहरूको ठाउँमा पार्टीले क्रमश जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, भवानी खापुङ, हीरा केसी र शेरबहादुर कुँवरको नाम सिफारिस गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved