मधेश प्रदेश सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ।

नेपालभ्युज

मधेश प्रदेश सरकारले  आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

काठमाडौं। मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ। आइतबार अपराह्न ४ बजे बोलाइएको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले आर्थिक वर्ष २०७९\८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ।

सरकारले तयार पारेको नीति तथा कार्यक्रम मन्त्रिपरिषद्ले शनिबार स्वीकृत गरिसकेको छ।

नीति तथा कार्यक्रममा आर्थिकस्थिरता कायम गर्ने, आर्थिक वृद्धिदर बढाउने, अनुत्पादक खर्च नियन्त्रण गर्ने, प्रशासनिक क्षेत्रमा अनुशासन कायम गर्ने, स्वरोजगार प्रवर्द्धन गर्ने र शिक्षा, स्वास्थ्यमा सुधार ल्याउने योजना राखिएको प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष भोगेन्द्र झाले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved