यू-१९ महिला विश्वकप छनोट : आठ रनमै अलआउट भयो नेपाल

यूएईका महिका गौरले ५ विकेट लिँदा इन्धुजा नन्दकुमारले ३ विकेट लिइन्।

नेपालभ्युज

यू-१९ महिला विश्वकप छनोट : आठ रनमै अलआउट भयो नेपाल

काठमाडौं। आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकपको मलेसियामा जारी एसिया छनोटको खेलमा नेपाल मात्रै आठ रनमा अलआउट भएको छ।

यूकेएम ओभलमा युएईविरुद्ध पहिले ब्याटिङ गरेको नेपाल जम्मा आठ रन जोडेर अल आउट भएको हो। आठ ओभर एक बल खेलेको नेपाल आठ रन मात्रै जोडेर अलआउट भयो।

नेपालका लागि स्नेहा महराले ३ तथा मनिष रानाले अविजित २ रन जोडिन्। किरण कुमारी कुँवर, अनु कडायत र आश्मा पुलामी मगरले १÷१ रन जोडे।

यूएईका महिका गौरले ५ विकेट लिँदा इन्धुजा नन्दकुमारले ३ विकेट लिइन्।

यसअघि, हिजो शुक्रबार नेपालले कतारलाई ७९ रनले हराएको थियो। यूएईले पनि पहिलो खेलमा भुटानलाई १६० रनले पराजित गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved