आयल निगमको पेट्रोल खरीद मूल्य प्रतिलिटर २०३ रुपैयाँ पुग्यो

डिजेल र मट्टीतेलको मूल्य भने घटेर आयो

नेपालभ्युज

आयल निगमको पेट्रोल खरीद मूल्य प्रतिलिटर २०३ रुपैयाँ पुग्यो

काठमाडौं । भारतीय आयल कर्पोरेशन (आईओसी) ले नेपाललाई दिने पेट्रोलियम पदार्थमा फेरि भारी मूल्यवृद्धि गरेको छ।

आईओसीले नेपाल आयल निगमलाई बुधबार पठाएको नयाँ मूल्यसूचीमा पेट्रोलमा मात्र प्रतिलिटर ८ रुपैयाँ २१ पैसा बढाइएको छ।

निगमका अनुसार पेट्रोलको मूल्य बढे पनि डिजेल, खाना पकाउने ग्यास र हवाइ इन्धनमा भने घटेर आएको जनाएको छ। डिजेलमा प्रतिलिटर ७ रुपैयाँ ४ पैसा घटेको छ भने खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर १ सय २२ रुपैयाँले घटेको छ।

यस्तै हवाई इन्धन प्रतिलिटर ३ रुपैयाँ ३६ पैसा घटेर आएको निगमले जनाएको छ। नयाँ मूल्यपछि पनि निगमलाई मासिक घाटा ६ अर्ब १५ रुपैयाँ पुग्ने बताएको छ।

यो हिसाब हेर्दा निगमलाई अहिले पेट्रोल २ सय २ रुपैयाँ ९३ पैसा लागत परेको छ। त्यस्तै डिजेल १८२ रुपैयाँ र मट्टीतेल १ सय ४७ रुपैयाँ परेको छ। झण्डै २०३ रुपैयाँ मा किनेर निगमले १ सय ८० रुपैयाँ पेट्रोल बेचिरहेको छ। अर्थात् निगमले पेट्रोलमा प्रतिलिटर २३ रुपैयाँ घाटा देखाएको छ भने डिजेलमा करीब २० रुपैयाँ घाटा देखाएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved