दुर्घटनामा एक जनाको मृत्यु

ठक्कर दिने सवारीसाधनको नम्बर र किसिम खुल्न सकेको छैन। ती पुरुष सडकमा मृतावस्थामा फेला परेका प्रहरीले जनाएको छ।

नेपालभ्युज

दुर्घटनामा एक जनाको मृत्यु

मुग्लिन। चितवनमा सवारीसाधनको ठक्करबाट एकजनाको मृत्यु भएको छ।

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको हो।

दुर्घटनामा मृत्यु भएका पुरुषको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकरीले जानकारी दिए।

ठक्कर दिने सवारीसाधनको नम्बर र किसिम खुल्न सकेको छैन। ती पुरुष सडकमा मृतावस्थामा फेला परेका प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सुनजित तामाङ र जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज अधिकारी अनुसन्धानका लागि घटनास्थलमा पुगेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved