कुर्सी नपाएपछि आक्रोशित हुँदै पूर्वमन्त्रीले छाडे कार्यक्रम

नेपालभ्युज

कुर्सी नपाएपछि आक्रोशित हुँदै पूर्वमन्त्रीले छाडे कार्यक्रम

भारतको राजधानी दिल्लीका २२औं लेफ्टिनेन्ट गभर्नर विनय कुमार सक्सेनाको शपथ ग्रहण समारोहमा एउटा अनौठो घटना भएको छ।

कार्यक्रममा सिट नपाउँदा आक्रोशित भारतीय जनता पार्टी (बीजेपी) का सांसद तथा पूर्वकेन्द्रीय मन्त्री डा हर्षवर्द्धनले कार्यक्रम छाडे। विनय सक्सेनालाई दिल्ली उच्च अदालतका प्रधानन्यायाधीश विपिन सांघीले पद तथा गोपनीयताको शपथ गराइरहेका थिए। शपथ ग्रहणमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पनि उपस्थित थिए।

आक्रोशित हुँदै उपराज्यपालको शपथग्रहणअघि नै हर्षवर्द्धननले भने, ‘उहाँले संसदका सदस्यहरूका लागि सिट राख्नुभएको छैन।’ यति भन्दै हर्षवर्द्धन आफ्नो गाडीतिर लागे।

उनले दिल्लीका मुख्यसचिव नरेश कुमारलाई भने, ‘म यसबारे लेफ्टिनेन्ट गभर्नर विनय सक्सेनालाई पत्र लेख्छु।’ पूर्वकेन्द्रीय मन्त्रीलाई जहाँ राखिएको थियो उनी त्यस ठाउँमा सन्तुष्ट थिएनन्।

तर, उनले यस सम्बन्धमा विज्ञप्ति जारी गर्दै कार्यक्रम छाड्ने विषयलाई मिडियामा गलत ढंगले प्रस्तुत गरिएको प्रति भने दुःखेसो पोखे। भने, ‘आफ्नो रोजाइको सिट नपाएको कारण लेफ्टिनेन्ट गभर्नरको शपथ ग्रहण छाडेको मिडियामा गलत रिपोर्टिङ भइरहेको छ। म बसेको ठाउँमा एकजना अफिसर राखियो, अर्का अफिसरले सिट रिजर्भ भनेर उठाइदियो। कतै सिट दिइन्छ कि भनेर १५ मिनेट पर्खियो। दिएनन् अनि फर्किएँ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved