वडाबाटै बिजुलीको बिल तिर्न मिल्ने काउन्टर बनाउँदै मेयर हर्क साम्पाङ

खानेपानी समस्या समाधान गर्ने मुख्य एजेन्डा लिएर चुनावमा होमिएका हर्कराज राई (हर्क साम्पाङ)ले चुनाव जितेलगतै वडामै बिजुलीको बिल तिर्न पाउने गरी घुम्ती काउन्टर बनाउने पहल थालेका छन्।

नेपालभ्युज

काठमाडौं। खानेपानी समस्या समाधान गर्ने मुख्य एजेन्डा लिएर चुनावमा होमिएका हर्कराज राई (हर्क साम्पाङ)ले चुनाव जितेलगतै वडामै बिजुलीको बिल तिर्न पाउने गरी घुम्ती काउन्टर बनाउने पहल थालेका छन्। यसको शुरुआत उनले धरान २० बाट शुरु गरेका हुन्।

सेवा शुरु भएपछि बिजुलीको महशुल तिर्न लामो समय हिँडेर जानुपर्ने अवस्थाको अन्त्य हुनेछ। विष्णुपादुका क्षेत्रमा नेपाल विध्यूत प्राधिकरणको घुम्ती काउन्टर बनाउने निर्देशन दिएको मेयर साम्पाङले बाएका छन्। उनले फेसबुकमा लेखेका छन्,‘‘धरान २० का उपभोक्ताहरूलाई विष्णुपादुका क्षेत्र मै विद्युत्को बिल तिर्न पाउने गरी घुम्ती काउन्टर बनाउने निर्देशन दिएको छु। छिटै यो सेवा प्राप्त हुनेछ। पाँच घण्टा हिँडिरहन पर्नेछैन।’’

यस्तै धरानवासीहरू खानेपानी पाउने आशामा छन्। राजनीतिक दलका नेताहरूले पटक पटक खानेपानीको मुद्दा लिएर चुनाव जिते पनि काम गरेका थिएनन्। धरानका जनताले साम्पाङलाई आशाको नजरले हेरिरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved