चट्याङ लागेर दुई जनाको मृत्यु, तीन जना घाइते

कपिलवस्तु र गुल्मीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

नेपालभ्युज

चट्याङ लागेर दुई जनाको मृत्यु, तीन जना घाइते

काठमाडौं। कपिलवस्तु र गुल्मीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

कपिलवस्तुको शिवराज नगरपालिका–६ पिरी बस्ने ७ वर्षीया रिजवन महमद र गुल्मीको मदाने गाउँपालिका–४ म्यालपोखरी बस्ने ४५ वर्षीया राधिका भट्टराईको चट्याङ लागेर मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

चट्याङ पर्दा गम्भीर घाइते भएका रिजवानको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो। चट्याङ लागेर घाइते भएका सोही ठाउँका ३० वर्षीय नुरमहमद लगायत तीन जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved