ललितपुर महानगरको मेयरमा चिरिबाबु विजयी, बाँकी कामलाई पूर्णता दिने

नेपालभ्युज

ललितपुर महानगरको मेयरमा चिरिबाबु विजयी, बाँकी कामलाई पूर्णता दिने

काठमाडौं । ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जन विजयी भएका छन्।

शुरुआती अवस्थादेखि अग्रता बनाएका सत्ता गठबन्धनका साझा उम्मेदवार महर्जनले नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारलाई भारी मतान्तरले पराजित गरेका हुन्। महर्जनले कार्यकाल दोहोर्‍याएका हुन्।  मतगणना सकिसकेको छ।

यद्यपि निर्वाचन अधिकृतको कार्यालयले यसबारे घोषणा गर्न बाँकी छ। मतगणना सकिसकेको छ।

यस्तै उपमेयरमा भने नेकपा एमालेकी मन्जली शाक्य बज्राचार्य निर्वाचित भइन्। उनले सत्ता गठबन्धनका नेकपा माओवादीका उम्मेदवार बाबुराम बज्राचार्यलाई हराए। महानगरपालिकाका ११ ओटा वडा नेपाली कांग्रेसले जितेको छ भने ११ ओटा नै एमालेले जितेको छ।

विजयी भएपछि पत्रकारहरूमा मेयर महर्जनले आफूले पहिला नै गरेका कामहरूलाई पूर्णता दिने बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved