ग्राण्डी अस्पताललाई ३५ लाख क्षतिपूर्ति भराउन उच्च अदालतको फैसला

नेपालभ्युज

ग्राण्डी अस्पताललाई ३५ लाख क्षतिपूर्ति भराउन उच्च अदालतको फैसला

काठमाडौं। नवजात शिशु रिहानको उपचारमा लापरबाही गरेको भन्दै उच्च अदालत पाटनले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले ३५ लाख क्षतिपूर्ति भराउने फैसला गरेको छ।

२७ फागुन २०७६ मा सन्जीवले छोरा रिहानको उपचारमा संलग्न चिकित्सक, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र मेडिकल काउन्सिलविरुद्ध उच्च अदालत पाटनमा मुद्दा हालेका थिए।

सोमबार २ वर्षपछि सन्जीवचन्द्र न्यौपानेले दायर गरेको रिटमा सुनुवाइ गर्दै पाटन उच्च अदालतका न्यायाधीश सुवास पौडेल र हरिप्रसाद पौडेलको इजलासले ३५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएका हुन्।

१२ असारमा ०७५ मा ग्राण्डी अस्पतालमा शल्यक्रियाबाट रिहान जन्मिएका थिए। जन्मने बितिकै स्वास्थ्यमा समस्या देखिएपछि उनलाई एनआईसीयुमा राखिएको थियो। उपचारकै क्रममा रिहानमा ब्याक्टेरियाको गम्भीर संक्रमण देखिएको थियो। अस्पतालले रिहानको टाउकोको ५ पटक शल्यक्रिया गरिएको थियो।

यसक्रममा, उनलाई झण्डै १० महिना अस्पतालमा राखेर उपचार गरिएको थियो। तर, अन्तिममा रिहान निको नहुने थाहा पाएपछि सन्जीव र एकताले बच्चाको डिस्चार्ज लिएका थिए। त्यसपछि उनीहरूले ग्राण्डीविरुद्ध कानूनी लडाइँ शुरु गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved