यी नवनिर्वाचित अध्यक्ष, जसले विजय उत्सव मनाउन पालिकाभर दिए सार्वजनिक बिदा

रुपनीमा लोसपाबाट चुनाव लडेका यादव ४ हजार २६९ मतसहित विजयी भएका थिए। उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका हरेराम यादवले ३ हजार ९३५ मत पाएका थिए।

नेपालभ्युज

यी नवनिर्वाचित अध्यक्ष, जसले विजय उत्सव मनाउन पालिकाभर दिए सार्वजनिक बिदा

सप्तरी। सप्तरीमा एक नवनिर्वाचित गाउँपालिका अध्यक्षले आफ्नो जितको खुशी मनाउनका लागि गाउँपालिकाभर सार्वजनिक बिदा दिएका छन्।

सप्तरीको रुपनी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दिनेशकुमार यादवले आफ्नो जितको खुशी मनाउनका लागि आज पालिकाभर सार्वजनिक बिदा दिएका हुन्।

गत ३० वैशाखमा भएको स्थानीय चुनावको मतपरिणम अनुसार लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट रुपनीको अध्यक्ष बनेका यादवले पद तथा गोपनियताको शपथ लिनुअगावै आज विजयोत्सवका लागि सार्वजनिक बिदा दिएका हुन्।

यादवले आफ्नो जितमा उत्सव मनाउनका लागि बिदा दिन भनेपछि गाउँपालिका प्रशासनले बिदाको सूचना निकालेको हो। प्रमुख प्रशासकीय अधिकृत अरविन्द कुमार चौधरीले सार्वजनिक बिदाको सूचना जारी गरेका हुन्।

रुपनीमा लोसपाबाट चुनाव लडेका यादव ४ हजार २६९ मतसहित विजयी भएका थिए। उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका हरेराम यादवले ३ हजार ९३५ मत पाएका थिए।

रुपनीको उपाध्यक्षमा पनि लोसपाकै पुष्पाकुमारी श्रेष्ठ निर्वाचित भएकी छन्। उनले ३ हजार ७१० मत पाउँदा जसपाकी बेचनी कुमारी सरदारले ३ हजार ६५४ मत पाएकी थिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved