सुन्दरहरैचाको प्रमुख र उपप्रमुखमा एमाले विजयी

सुन्दरहरैचा नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेका केदारप्रसाद गुरागाईँ २१ हजार ४०५ मत प्राप्त गरी विजयी भएका छन्।

नेपालभ्युज

सुन्दरहरैचाको प्रमुख र उपप्रमुखमा एमाले विजयी

विराटनगर। मोरङको सुन्दरहरैचा नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेका केदारप्रसाद गुरागाईँ २१ हजार ४०५ मत प्राप्त गरी विजयी भएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शिवप्रसाद ढकालले २० हजार ६७८ मत प्राप्त गरे।

गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत उपप्रमुखमा पनि एमालेकी अकली चौधरी २२ हजार ४५२ मत प्राप्त गरी विजयी भइन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका नवराज चापागाँईले ११ हजार ३०० मत प्राप्त गरे।

मोरङको १७ ओटै पालिकाको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भइसकेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved